काठमाडौं । आजको डिजिटल युगमा इमेल सबैभन्दा महत्वपूर्ण सञ्चार माध्यममध्ये एक बनेको छ । इमेलमार्फत सन्देश, कागजात, फोटो तथा विभिन्न फाइलहरू छिटो र सजिलै पठाउन तथा प्राप्त गर्न सकिन्छ । विद्यालय, कार्यालय, बैंकिङ सेवा, अनलाइन दर्ता तथा सामाजिक सञ्जाललगायतका धेरै क्षेत्रमा इमेल अनिवार्य जस्तै बनिसकेको छ ।
तर इमेलको प्रयोग बढेसँगै यसको सुरक्षा चुनौती पनि बढ्दै गएको छ । ह्याकर तथा साइबर ठगी गर्ने व्यक्तिहरूले नक्कली इमेल पठाएर पासवर्ड चोरी गर्ने, व्यक्तिगत जानकारी दुरुपयोग गर्ने वा आर्थिक ठगी गर्ने प्रयास गर्न सक्छन् ।
असुरक्षित इमेल कसरी चिन्ने ?
यदि प्राप्त इमेलमा निम्न संकेत देखिएमा त्यो असुरक्षित वा शंकास्पद इमेल हुन सक्छ :
- अपरिचित व्यक्तिबाट आएको अस्वाभाविक इमेल भएमा
- पुरस्कार, भिसा परेको वा आकर्षक अफरको लोभ देखाइएको सामग्री भएमा
- शंकास्पद लिंक वा अनजान Attachment समावेश गरिएको इमेल भएमा
- अत्यधिक आकर्षक विज्ञापन वा अफर राखिएको इमेल भएमा
- तुरुन्तै पासवर्ड, बैंक विवरण वा व्यक्तिगत जानकारी मागिएको इमेल भएमा
इमेल कसरी सुरक्षित बनाउने ?
इमेल सुरक्षित राख्न निम्न उपाय अपनाउन सकिन्छ :
- इमेल सेवा प्रदायकले उपलब्ध गराएको Security Features जस्तै Two-Factor Authentication (2FA) Enable गर्नुहोस् ।
- अनलाइन Subscription वा Registration गर्दा आफ्नो मुख्य वा व्यावसायिक इमेल प्रयोग नगर्नुहोस् ।
- व्यक्तिगत इमेल सार्वजनिक नगर्नुहोस् र फरक उद्देश्यका लागि फरक–फरक इमेल प्रयोग गर्नुहोस् ।
- सामाजिक सञ्जालमा राखिएका इमेल तथा व्यक्तिगत विवरणलाई Privacy Setting मार्फत सुरक्षित राख्नुहोस् ।
- अनावश्यक वेबसाइटमा Subscribe नगर्नुहोस् । यदि Subscribe गरिएको छ भने प्राप्त इमेलमा रहेको Unsubscribe Link प्रयोग गरी हटाउनुहोस् ।
- इमेल सुरक्षाका लागि Spam Filter तथा Antivirus Software प्रयोग गर्नुहोस् ।
- बलियो Password प्रयोग गर्नुहोस् र समय–समयमा परिवर्तन गर्दै जानुहोस् ।
साइबर सुरक्षाको जोखिम बढिरहेको वर्तमान समयमा सचेत र सुरक्षित इमेल प्रयोगले व्यक्तिगत तथा संस्थागत जानकारी सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
आईसीटी समाचार