कीवर्डहरू -

फोनपेले ल्यायो भ्वाइस नोटिफिकेशन सुविधा, क्युआर भुक्तानीको जानकारी अब आवाजबाटै पाइने

फोनपेले ल्यायो भ्वाइस नोटिफिकेशन सुविधा, क्युआर भुक्तानीको जानकारी अब आवाजबाटै पाइने

फोनपेले भ्वाइस नोटिफिकेशन सेवा सुरू गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । 

यस नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको  क्युआर भुक्तानी प्राप्त गर्ने प्रक्रियामार्फत नयाँ अनुभव दिन खोजेको छ । अब व्यवसायीले क्युआर स्क्यानबाट पठाएको पैसा आए, नआएको जानकारी थाहा पाउन एसएमएस कुर्नु पर्ने छैन् । रियल टाइम भ्वाइसबाटै जानकारी प्राप्त हुनेछ । 

फोनपे बिजनेस एप, एक मोबाइल एप हो, जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो । 

उक्त सुविधाबाट एसएमएसमार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, नोटिफिकेसन सेटिंगबाट ‘भ्वाइस नोटिफिकेशन’ सुचारु गर्न सक्नेछन् ।