कीवर्डहरू -

एलजीको ‘खेल्छ नेपाल घर घरमा नामक’ योजना, टिबी खरिदमा ४० प्रतिशतसम्म छुट र बीमा सुविधा

एलजीको ‘खेल्छ नेपाल घर घरमा नामक’ योजना, टिबी खरिदमा ४० प्रतिशतसम्म छुट र बीमा सुविधा

टी-२० क्रिकेट वर्ल्ड कप अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेदेखि सुरु हुँदैछ । जसमा नेपालले दोस्रो पटक भाग लिँदैछ। नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसेर हेर्न अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा नामक’ योजना अघि सारेको छ । 

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टि.भी बाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्नेछन् । योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु.१ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै एलजी ओलेड टि.भी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ। 

कम्पनीका अनुसार ३२ इन्च देखि ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्। एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि.भीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ।

यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ । 

यो योजना जेठ १७ गतेदेखि देशभर सीमित अवधिका लागि लागू गरिएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।