कीवर्डहरू -

शुरू भयो नेपालपे क्युआर, अब क्युआरबाटै सरकारी राजस्व तिर्न सकिने 

शुरू भयो नेपालपे क्युआर, अब क्युआरबाटै सरकारी राजस्व तिर्न सकिने 

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्युआर सेवा शुरू गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एनसीएचएलले औपचारिक रूपमा नेपालपे क्युआर सेवाको थालनी गरेको हो ।

नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । नेपाल पे क्युआर स्क्यान गरेर सरकारी राजस्व समेत भुक्तानी गर्न सकिने छ ।

एनसीएचएलका अनुसार हिमालयन बैंक र फोकसवान सोलुसन्सबीच मर्चेन्टस्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था गरिएको छ ।

एउटै क्युआरलाई स्क्यान गरी भिसा, युनियन पे, अलि पे र नेपाल पे क्यूआरलगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिने एनसीएचएलले जनाएको छ ।

मोबाइल बैंकिङ, वालेट, कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यमबाट नेपाल पे क्युआर स्क्यान गरी विभिन्न सेवाको भुक्तानीका साथै सरकारी राजस्व तिर्न सकिने छ । नेपालपे क्युआरमा पाँच हजारभन्दा बढी मर्चेन्ट आबद्ध भइसकेका छन् ।

हालसम्म हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, कनेक्ट आइपीएस लगायतका मोबाइल एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने छ ।