कीवर्डहरू -

गुरूबाले अब शिक्षा सम्बन्धि सूचना र समाचार पनि प्रदान गर्ने

गुरूबाले अब शिक्षा सम्बन्धि सूचना र समाचार पनि प्रदान गर्ने

ई-लर्निङ प्लेटफर्म गुरूबाले शिक्षा सम्बन्धि सूचना र समाचार दिने भएको छ । पूरानो वेबसाइट गुरूबा डटकम लाई रिडिजाइन गरी न्युज पोर्टलका रूपमा विकास गरिएको हो ।

गुरूबा डटकमबाट शिक्षासँग सम्बन्धित सम्पूर्ण समाचार तथा जानकारी विद्यार्थीहरूले पाउने संस्थापक विजय अधिकारीले बताए । यसमा न्युजका साथसाथै नोट, कोर्ष, इभेन्ट लगायतको जानकारी पनि पाउन सकिन्छ ।

गुरूबा भनेको एउटा अनलाइन लर्निङ प्लेटफर्म हो । गुरूबाको युट्युब च्यानलमा २ लाख ५७ हजार बढी सब्सक्राइबर रहेका छन् । च्यानल भेरिफाइड पनि भइसकेको छ ।

च्यानलमा अहिले कक्षा ११, १२ र बीबीएस पहिलो वर्ष र दोस्रो वर्षको बिजनेस म्याथ, अर्थशास्त्र र अकाउन्ट लगायतका कोर्ष राखिएको छ ।