कीवर्डहरू -

एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा बनाउन ४ कम्पनी शर्टलिष्ट

एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा बनाउन ४ कम्पनी शर्टलिष्ट

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा बनाउन पहिलो चरणमा ४ वटा कम्पनी शर्टलिष्ट गरेको छ ।

प्राधिकरणले यसअघि एक सूचना जारी गर्दै मस्यौदा विकासका लागि परामर्शदाताका लागि आशयपत्रको प्रस्ताव आह्वान गरेको थियो ।

त्यसका लागि आएका प्रस्तावमध्येबाट प्राधिकरणले ४ वटा कम्पनीलाई शर्टलिष्ट गरेको हो । शर्टलिष्ट भएका कम्पनीमा ग्रिन टिक नेपाल प्रालि, उपदेभ टेक्नोलोजी प्रालि, इन्क्लुसिभ एभरेस्ट जेभी र महारुद्र ग्रुप प्रालि रहेका छन् ।

अब शर्टलिष्ट भएका यी ४ कम्पनीले प्राधिकरणमा आर्थिक र प्राविधिक प्रस्ताव पेश गर्नेछन् । उक्त आर्थिक र प्राविधिक प्रस्तावका आधारमा एउटा कम्पनीलाई एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा बनाउने जिम्मा दिइनेछ ।