कीवर्डहरू -

एन्ड्रोइडमा संवेदनशील बग, लाखौँ डिभाइसहरु ह्याकरले नियन्त्रण गर्न सक्ने

एन्ड्रोइडमा संवेदनशील बग, लाखौँ डिभाइसहरु ह्याकरले नियन्त्रण गर्न सक्ने

सुरक्षा अन्वेषकहरूले एन्ड्रोइडमा संवेदनशील बग फेला पारेका छन् । उक्त बगले गर्दा लाखौँ एन्ड्रोइड डिभाइसहरु ह्याकरले नियन्त्रण गर्न सक्ने देखिएको छ ।

सुरक्षा अन्वेषकहरुले क्वालकम र मिडियाटेकले बनाएको चिपसेट प्रयोग गरिएको एन्ड्रोइड डिभाइसहरुमा एक सुरक्षा समस्या फेला पारेका छन् ।

यो सुरक्षा समस्या सुरक्षा फर्म चेकप्वाइन्टले पत्ता लगाएको हो । यो समस्याले धेरै एन्ड्रोइड डिभाइसहरु ह्याकरहरुले नियन्त्रण गर्न सक्ने देखिएको छ ।

यो सुरक्षा समस्या एप्पल लसलेस अडियो कोडेकमा रहेको थियो, जुन एप्पलले सन् २००४ मा सार्वजनिक गरेको अडियो फर्म्याट हो ।

एप्पलले आफ्नो प्रोपराईटरी भर्सनमा सुरक्षा समस्यालाई ठिक गरिसकेको छ तर क्वालकम र मिडियाटेकले प्रयोग गर्ने एप्पल लसलेस अडियो कोडेको ओपन सोर्स भर्सन भने सन् २०११ देखि अपडेट गरिएको थिएन जसले गर्दा यो सुरक्षा समस्यालाई ह्याकरहरुले दुरुपयोग गरेर लाखौँ एन्ड्रोइड डिभाइसहरु आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन् ।

क्वालकम र मिडियाटेकल अमेरिकाको ९५ प्रतिशत एन्ड्रोइड डिभाइसहरुमा मोबाइल चिपसेट सप्लाई गर्ने गर्दछ । यस सुरक्षा समस्यालाई दुरुपयोग गरेर ह्याकरहरले डिकोडरलाई म्यालिसियस कोड बनाउन लगाउन सक्नेछन् ।