कीवर्डहरू -

सुन्दर अटोले बनायो पेट्रोल र ब्याट्रीबाट चल्ने स्कुटर, कति पर्छ मूल्य ?

सुन्दर अटोले बनायो पेट्रोल र ब्याट्रीबाट चल्ने स्कुटर, कति पर्छ मूल्य ?

सुन्दर अटो इन्जिनियरिङ प्रालिले पेट्रोल र ब्याट्री दुबैबाट चल्ने स्कुटर तयार गरेको छ । कम्पनीले भारत र चीनका प्राविधिकको रेखदेखमा स्कुटर निर्माण तथा एसेम्बल गरेको हो ।

एक पटकको चार्जमा स्कुटर सय किलोमिटरसम्म गुड्न सक्ने छ । स्कुटरमा राखिएको बटन थिचेर आवश्यकता अनुसार पेट्रोल र ब्याट्रीबाट स्कुटर चलाउन सकिने छ । कम्पनीले स्कुटरको सुरुवाती मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकेको छ।

त्यसैगरी कुनै पनि ब्राण्डका मोटरसाइकल स्कुटर ३ दिनभित्र विद्युतीय साधनमा परिणत गरिदिने सुन्दर यातायातले जनाएको छ । निकट भविष्यमा ८ घण्टाभित्रै एसेम्बल गर्ने गरी कम्पनीले तयारी गरेको छ ।

त्यस्तै सुन्दर यातायातले देशका प्रमुख शहरमा विद्युतीय बस चलाउन तयारी गरेको छ । वैशाख महिनाभित्र सुन्दर एपबाट बस, हाइस र स्कुटर सेवा विस्तार गर्ने जानकारी कम्पनीले दिएको छ ।