कीवर्डहरू -

अब एनएमबि बैंकका ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी महशुल बिना कुनै झन्झट तिर्न सक्ने

अब एनएमबि बैंकका ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी महशुल बिना कुनै झन्झट तिर्न सक्ने

एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग महसुशल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ । यससँगै अब एनएमबि बैंकको ग्राहकहरुले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी महशुल बिना कुनै झन्झट तिर्न सक्नेछन् ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फतसेवा प्रदान गदै आइरहेको छ ।