कीवर्डहरू -

गूगलको एन्ड्रोईड अटो होण्डा कारका लागि उपलब्ध हुने

गूगलको एन्ड्रोईड अटो होण्डा कारका लागि उपलब्ध हुने

यस वर्ष देखि अर्थात सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलले एन्ड्रोईड अटो एप सन् २०१५ मा सार्वजनिक गरेको थियो ।

यसले स्मार्टफोन र कारलाई कनेक्सनबाट जोड्न दिन्छ जसले गर्दा गीत सुन्न सकिन्छ, म्याप ठूलो आवाजमा सुन्न सकिन्छ र साउण्ड सिस्टम प्रयोग गरेर कल उठाउन सकिन्छ ।

गूगलले एन्ड्रोईड अटो एपमा अरु फिचरहरु थप्दै होण्डा कारका लागि यो एप उपलब्ध गराउने भएको छ । एन्ड्रोईड अटो एपमा अमेजन म्यूजिक, अडिबल, आईहार्ट रेडियो, जियो साभन, प्यानडोरा, पोडकास्ट एडिक्ट, साउण्डक्लाउड र युट्युब म्युजिक जस्ता गीतको फिचरहरु पनि थपेको छ ।