कीवर्डहरू -

ह्वावेको ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू, भविष्यका लागि ग्रीनर इन्टेलिजेन्ट आविष्कार गर्ने

ह्वावेको ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू, भविष्यका लागि ग्रीनर इन्टेलिजेन्ट आविष्कार गर्ने

ह्वावेले गत अप्रिल २६ देखि १९औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सुरू गरेको छ । ह्वावेले भविष्यको उद्योग प्रवृत्ति र ह्वावेको विकास रणनीति जान्न चीनको शेन्जेनमा सुरू भएको हाइब्रिड कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ह्वावेका रोटेटिंग अध्यक्ष केन हुले इनोभेसन र ग्रीनर इन्टेलिजेन्ट संसारको निर्माण गर्न ह्वावेको दृष्टिकोणको बारेमा दुई शब्द राखे । ‘हामी इनोभेसनको लागि हाम्रो दृष्टिकोणलाई बलियो बनाउनेछौं, सबै उद्योगहरूलाई डिजिटल र इन्टेलिजेन्ट बनाउन सुसज्जित गर्नेछौं र लो–कार्बन विश्व निर्माण गर्न मद्दत गर्नेछौं,’ हुले भने, ‘यी हाम्रो कम्पनीको भावी विकासको लागि महत्वपूर्ण छन् ।’

कनेक्टिभिटीको सन्दर्भमा ह्वावे उद्योगलाई अगाडि बढाउन जारी राख्ने बताइएको छ । कम्पनीले जताततै फाईभ जी कनेक्टिभिटी संरचना निर्माण गर्ने बताएको छ ।

‘अब अर्को विकास वायरलेस र फिक्स्डनेटवर्कहरूमा हुनेछ’, अध्यक्ष केनले भने, ‘एकैसाथ, यसले घरहरूमा थप इमर्सिभ अनुभवका साथै औद्योगिक नियन्त्रण परिदृश्यहरूको लागि लो ल्याटेन्सि र हाई रिलाएबिलिटी समावेश गरी फराकिलो दायराको निस नेटवर्क आवश्यकताहरूलाई समर्थन गर्दछ ।’

कम्प्युटिङको सन्दर्भमा ह्वावेले सिस्टम पर्फर्मेन्स र ऊर्जा दक्षतालाई उल्लेखनीयरूपमा वृद्धि गर्ने प्रयासमा इन्डिभिजुअल नोडहरू, आधारभूत सफ्टवेयर र डाटा केन्द्रहरूका लागि प्रणाली आर्किटेक्चरहरूलाई पुनः परिभाषित गर्दैछ ।

क्लाउड सेवाहरूमा ह्वावेले मेटास्टुडियो निर्माण गरिरहेको छ जुन एक क्लाउड–आधारित एन्ड–टु–एन्ड डिजिटल कन्टेन्ट पाइपलाइन हो । जसले डिजिटल कन्टेन्ट उत्पादनलाई धेरै छरितो गर्नेछ ।

यस्तै, उपकरणहरूको सन्दर्भमा ह्वावेले उपभोक्ताहरूलाई उनीहरूको जीवनका सबै पक्षहरूमा प्रयोगकर्ता–केन्द्रित इन्टेलिजेन्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । जसलाई कम्पनीले सिमलेस आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाइफ अनुभव भन्छन् ।