कीवर्डहरू -

गूगल पिक्सेल सिक्स ए को प्रिअडर सुरु

गूगल पिक्सेल सिक्स ए को प्रिअडर सुरु

गूगलले गूगल पिक्सेल सिक्स ए को प्रिअडर सुरु गरेको छ । गूगल पिक्सेल ६ र पिक्सेल ६ प्रोको सफलता पछि गूगलले पिक्सेल ६ ए सार्वजनिक गर्ने भएको हो ।

यो कुराको जानकारी टिपस्टरमा म्याक्स ज्यामबोरले बताएका हुन् । मेमै गूगलले गूगल आईओ २०२२ इभेन्ट गर्ने भएको छ र त्यसैमा गूगल पिक्सेल ६ ए पनि सार्वजनिक हुने भएको छ ।

अर्काे स्रोतले मे २६ मा गूगल पिक्सेल वाच पनि सार्वजनिक हुने बताएको छ । यी दुई उपकरण एकै समयमा लञ्च हुन सक्नेछन् । गूगल पिक्सेल ६ ए मा टेन्सर चिपनै प्रयोग गरिनेछ । यसको स्क्रीन ६.२ इन्चको एएमओएलइडी प्यानेल रहेको छ । फोनमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज हुनेछ ।