कीवर्डहरू -

आईओएस १५.५ र आईप्याड ओएस १५.५ सार्वजनिक

आईओएस १५.५ र आईप्याड ओएस १५.५ सार्वजनिक

एप्पलले आईओएस १५.५ र आईप्याड ओएस १५.५ सार्वजनिक गरेको छ । कम्पनीले एप्पल क्यास र पोडकास्टमा सुधार गर्दै आईओएस १५.५ र आईप्याड ओएस १५.५ सार्वजनिक गरेको हो ।

योसँगै एप्पल क्यास कार्ड प्रयोगकर्ताले अब वालेटबाट पैसा पाउन र पठाउन सक्ने छन् । त्यसका लागि वालेटको एप खोलेर क्यास कार्ड ट्याप गरेर यो सेवा प्रयोग गर्न सक्छन् । त्यस्तै पोडकास्ट प्रयोगकर्ताले केही पोडकास्टका भागहरू डाउनलोड गर्न सक्ने छन् ।

पोडकास्टको यो फिचर म्याक ओएस १२.४ मा पनि थप भएको छ । यसका साथै एप्पलले वाचओएस ८.६, टिभीओएस १५.५ र होमपड ओएस १५.५ को नयाँ अपडेट पनि ल्याएको छ ।

अहिले जारी भएका आईओएस, म्याक ओएस र आईप्याड ओएसमा ठूला अपडेहरू छैनन् । अहिले एप्पलले आईओएस १६ मा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।