कीवर्डहरू -

ग्रुप लिभ गर्दा नोटिफिकेसन नजाने फिचर परीक्षण गर्दै ह्वाट्सएप

ग्रुप लिभ गर्दा नोटिफिकेसन नजाने फिचर परीक्षण गर्दै ह्वाट्सएप

ह्वाट्सएपले अब ग्रुप लिभ गर्दा पनि अरु प्रयोगकर्तालाई नोटिफिकेसन नजाने फिचर परीक्षण गरिरहेको छ ।

अहिलेसम्म ह्वाट्सएपको ग्रुपको कुनै पनि प्रयोगकर्ताले लिभ गरेमा नोटिफिकेसन जाने गर्दछ र आफ्नो साथी वा नातेदारको ग्रुप भएमा त ग्रुप किन लिभ गरेको भनेर पनि भन्नुपर्ने हुन्छ ।

यही झन्झटबाट बाँच्नका लागि ह्वाट्सएपले यो नयाँ फिचरको जाँच गरिरहेको छ । ग्रुप एडमिनलाई भने ग्रपका सदस्यले ग्रुप लिभ गर्दा नोटिफिकेसन जानेछ ।

यो फिचर अहिले जाँचकै चरणमा रहेको छ र प्रयोगकर्ताहरुको सकारात्मक प्रतिक्रिया आएमा यो फिचर सार्वजनिकनै हुनेछ ।