कीवर्डहरू -

धनगढीमा भोलि स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै

धनगढीमा भोलि स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा जेठ ९ गते सोमबार स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो ।

स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो साढे १२ बजेदेखि र  डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २ बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुनेछन् ।

स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्ने छन् ।

आईडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आईडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आईडियाहरुबीच उत्कृष्ट पाँचलाई आईडिया इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिनेछ ।

यसैगरी एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् ।

साथै डिजिटल संवादमा सुदूरपश्चिम प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ ।

सुदूरपश्चिम प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा सम्वादमा वृहत छलफल हुनेछ ।

यसअघि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश नम्बर १ मा स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना भइसकेको छ भने बाँकी तीन प्रदेशमा पनि आयोजना हुँदैछ । यस कार्यक्रम बारे थप जानकारी लिन ९८०१२६३६०२ मा फोन गर्न सकिने छ ।