कीवर्डहरू -

अपलोड र डाउनलोड स्पीडमा के छ फरक ? यसरी सजिलै बुझौं

अपलोड र डाउनलोड स्पीडमा के छ फरक ? यसरी सजिलै बुझौं

यदी तपाईले कहिल्यै इन्टरनेटको स्पीड चेक गर्नुभएको छ रु छ भने त्यहाँ तपाईले २ वटा अप्सन देख्नु भएको होला । एउटा अपलोड स्पीड र अर्को डाउनलोड स्पीड । तर तपाईहरूमध्ये धेरैलाई अपलोड र डाउनलोड स्पीडको भिन्नता थाहा छैन् होला ।

कस्तो स्पीडलाई अपलोड स्पीड भनिन्छ ? कस्तो स्पीडलाई डाउनलोड स्पीड भनिन्छ ? यी दुई स्पीडले इन्टरनेटको अनुभवमा कस्तो असर गर्छन्  ? जस्ता प्रश्न तपाईको मनमा आउन सक्छन् । आउनुहोस्, यी प्रश्नको उत्तर आज सजिलो भाषामा जान्ने प्रयास गरौं ।

के हो अपलोड स्पीड ?

\"\"

तपाईको डिभाइसले इन्टरनेटमा डेटा ट्रान्सफर गर्दा लाग्ने स्पीडलाई अपलोड स्पीड भनिन्छ । यसलाई यसरी बुझौं, मानौं तपाई कसैसँग भिडियो कल गर्दै हुनुहुन्छ ।

भिडियो कल गर्दा तपाईको डिभाइसले इन्टरनेटमा डेटा अपलोड गर्छ, जसले गर्दा भिडियो कलमा रहेको अर्को व्यक्तिले टाढाबाट तपाईलाई हेर्न र सुन्न सक्छ ।

तपाईको वाईफाईको अपलोड स्पीड २० एमबीपीएस अर्थात मेगाबिट प्रति सेकेण्ड हो भन्नुको अर्थ हरेक सेकेण्ड तपाईको डिभाइसले १० मेगाबिट डेटा इन्टरेनटमा अपलोड गर्ने गर्दछ ।

एक मेगाबिटमा १० लाख बिटहरु हुने गर्दछन् । तपाईको अपलोड स्पीड जहिले पनि २ वा ३ मेगाबिट प्रति सेकेण्ड भन्दा माथि हुनुपर्छ नभए धेरै जसो काम गर्न गाह्रो हुन्छ । गेमिङका लागि राम्रो अपलोड स्पीड हुनु सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

तपाईले मल्टिप्लेयर गेम खेल्दै हुनुहुन्छ र अरू प्लेयरहरु विभिन्न ठाउँमा रहेका छन् भने तपाईले निरन्तर रुपमा आफ्नो डिभाइसबाट इन्टरनेटमा डेटा पठाउनुपर्ने हुन्छ ।

तपाईले भीपीएन प्रयोग गरेर सुस्त गेमिङ स्पीडको समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ । तर यो उपाय पनि सधैँ भने काम लाग्दैन् ।

धेरैजस्तो समय भिपिएन प्रयोग गर्दा यसले नकारात्मक तरिकाले कनेक्सन स्पीडलाई हानी पुर्याउने गर्दछ । गेमिङका लागि चाहिने अपलोड स्पीड डिभाइसको आधारमा बेग्लाबेग्लै हुने गर्दछ ।

उदाहरणका लागि तपाहरूईलाई प्लेस्टेसन चलाउन कम्तीमा पनि २ मेगाबिट प्रति सेकेण्डको स्पीड चाहिन्छ भने निन्टेन्डो स्वीच चलाउन १ मेगाबिट प्रति सेकेण्ड स्पीड आवश्यक पर्छ ।

यदी तपाई धेरै भिडियो अपलोड वा लाइभ स्ट्रीमिङ जस्ता काम गर्नुहुन्छ भने पनि अपलोड स्पीड महत्वपूर्ण हुन्छ ।

भिडियो कल गर्दा कम्तीमा पनि १।५ मेगाबिट प्रति सेकेण्डको स्पीड चाहिने गर्दछ तर लाइभ स्ट्री गर्दा १० मेगाबिट प्रति सेकेण्डको स्पीड चाहिन्छ । इन्टरनेट सर्फ गर्दा अपलोड स्पीड मात्रै होइन डाउनलोड स्पीड पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ ।

के हो डाउनलोड स्पीड ?

\"\"

इन्टरेनटबाट तपाईको डिभाइसमा कुन गतिमा डेटा प्राप्त हुन्छ त्यसलाई डाउनलोड स्पीड भनिन्छ । डाउनलोड स्पीड नेटफ्लिक्समा स्ट्रिम गर्दा, इन्टरनेटबाट सफ्टवेयर इन्स्टल गर्दा वा साधारण रुपमा वेब पेज लोड गर्दा चाहिन्छ । अनलाइन गेमिङका लागि अपलोड स्पीडसँगै राम्रो डाउनलोड स्पीड हुनु पनि जरूरी छ ।

अपलोड स्पीड जस्तै अनलाइन गेमिङका लागि राम्रो डाउनलोड स्पीड किन चाहिन्छ भन्दा तपाईले अरु प्लेयरहरुको लोकेसनको बारेमा डेटा, गेमको वातावरणबारे डाउनलोड गर्नुपर्ने हुन्छ ।

साधारण रुपमा इन्टरनेट प्रयोग गर्न ३ मेगाबिट प्रति सेकेण्डको स्पीड चाहिने गर्दछ । तर राम्रो अनुभवका लागि १० मेगाबिट प्रति सेकेण्डको स्पीडलाई ठिक मानिन्छ ।

बफरिङबाट बच्नका लागि राम्रो डाउनलोड स्पीड हुनु आवश्यक छ । तपाईले अनलाइनमा गर्ने सबै कामका लागि ४० मेगाबिट प्रति सेकेण्डको डाउनलोड स्पीड भयो भने पुग्ने गर्दछ ।

स्ट्यार्डर्ड डिस्प्लेमा भिडियो स्ट्रिम गर्न ३ मेगाबिट प्रति सेकेण्डको स्पीड चाहिने गर्दछ तर फोरकेमा स्ट्रिम गर्न २५ मेगाबिट प्रति सेकेण्डको स्पीड भन्दा बढी हुनुपर्दछ ।

किन एउटै हुँदैन् अपलोड र डाउनलोड स्पीड ?

इन्टरनेट स्पीड जाँच गर्दा तपाईले पक्कै पनि डाउनलोड स्पीड र अपलोड स्पीड पक्कै पनि फरक फरक देख्नु भएको होला । अपलोड र डाउनलोड स्पीड कहिल्यै एउटै हुँदैनन् ।

अपलोड स्पीडभन्दा डाउनलोड स्पीड सधैं बढी हुन्छ । प्रयोगकर्ताहरुले इन्टरनेटमा सामग्री अपलोड गर्नुभन्दा डाउनलोड गर्नमै धेरै समय बिताउँने हुँदा डाउनलोड स्पीड सधैं बढी हुन्छ ।

धेरैजसो इन्टनेट प्रयोगकर्ताले इन्टरनेटमा फिल्म वा टिभी शो स्ट्रिम गर्ने, इमेल चेक गर्ने, सामाजिक सञ्जालमा स्क्रोल गर्ने र वेबसाइट भिजिट गर्ने गर्दछन् ।

यी सबै क्रियाकलाप गर्न अपलोड स्पीड भन्दा डाउनलोड स्पीड महत्वपूर्ण हुन्छ । त्यस कारण नेटवर्कमा जहिले पनि डाउनलोड स्पीडको माग बढी हुन्छ ।