कीवर्डहरू -

माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन आईटीको प्रयोग गरिने

माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन आईटीको प्रयोग गरिने

आगामी सातै प्रदेशका माध्यमिक तहका सामुदायिक विद्यालयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउने सूचना प्रविधिको प्रयोग गरिने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

दूरसञ्चार विकास कोष प्रयोग गरी माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा जडित इन्टरनेटको न्युनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने बताइन् ।

आगामी वर्ष सातै प्रदेशका कम्तिमा १०० माध्यमिक तहका सामुदायिक विद्यालयमा छानिएका विषयहरूमा समान गुणस्तरको शिक्षा उपलब्ध सूचना प्रविधिको प्रयोग गरिने उनको भनाइ छ ।