कीवर्डहरू -

६ हजार एमएएच ब्याट्री भएको साओमीको रेडमी १० स्मार्टफोन नेपालमा 

६ हजार एमएएच ब्याट्री भएको साओमीको रेडमी १० स्मार्टफोन नेपालमा 

नेपाली बजारमा साओमीको रेडमी १० स्मार्टफोन सार्वजनिक भएको छ । ६ हजार एमएएच ब्याट्रीसहित रेडमी १० नेपालमा सार्वजनिक भएको हो ।

कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट फोन भएको साओमीको दावी छ । यस फोनमा स्न्यापड्रागन ६८० प्रोसेसर राखिएको छ, जुन सिक्स एनएमको रहेको छ ।

एन्ड्रोइड ११ मा आधारित एमआईयुआई १३ सफ्टवेयर भएको रेड्मी १० मा ६ जीबीसम्मको र्‍यामर १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ ।

पछाडि डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शूटर र २ एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५ एमपी क्यामेरा समावेश गरिएको छ ।

यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपीएसमा १०८० पी भिडियो खिच्न सकिन्छ । रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन रंगमा उपलब्ध छ ।

४ जीबी र्‍याम र ६४ जीबी आन्तरिक स्टोरेज भएको यसको मूल्य १८ हजार ९९९रूपैयाँ तोकिएको छ । त्यस्तै ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २१ हजार ९९९ रूपैयाँ राखिएको छ । रेड्मी १० फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।