कीवर्डहरू -

१७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

१७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

गत फागुनसम्म १७ हजार ४ सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७८ फागुनसम्म १७ हजार ४ सय १८ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान गरिएको हो ।

२०७८ असारसम्म ३८ हजार ३ सय ३ इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ९ हजार ५१ सवारीसाधनमा जडान गरिएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३४१ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भइ ८ हजार ३ सय ६७ सवारी साधनमा जडान गरिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । २०७८ साल फागुनसम्म १७ हजार ४ सय १८ सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।