कीवर्डहरू -

सूचना प्रविधि सेवा निर्यात गर्नेलाई आठ प्रतिशतसम्म नगद अनुदान

सूचना प्रविधि सेवा निर्यात गर्नेलाई आठ प्रतिशतसम्म नगद अनुदान

सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ, आउटसोर्सिङ जस्ता सेवाहरू पहिचान गरी निर्यात प्रवर्द्धन गरिने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

यसका साथै यस्ता क्षेत्रको निर्यातमा ८ प्रतिशतसम्मको नगद अनुदान दिने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।