कीवर्डहरू -

युट्युबको अटो हिस्ट्री डिलिट गर्ने सजिलो तरिका

युट्युबको अटो हिस्ट्री डिलिट गर्ने सजिलो तरिका

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन युट्युब प्रयोग गरिन्छ ।

तर केही युट्युब हिस्ट्री हामी अरुलाई देखाउन चाहदैनौँ । यस्तो समयमा हामीले युट्युबको अटो हिस्ट्री डिलिट फिचर प्रयोग गर्न सक्छौँ ।

यसका लागि सर्वप्रथम गूगल अकाउन्टमा गएर युट्युब अकाउन्ट खोल्नुपर्ने हुन्छ । अब सेटिगंमा क्लिक गर्नुहोस् । त्यसपछि हिस्ट्री एण्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

यति गरेपछि म्यानेज अल एक्टिभिटी भन्ने अप्सनमा जानुपर्छ । अब अटो डिलिट अप्सनमा क्लिक गर्नुहोस् । कहिले सम्मको हिस्ट्री अटो डिलिट गर्ने भनेर समय अवधि छान्नुहोस् र नेक्सटमा क्लिक गर्नुहोस् ।

त्यसपछि कन्फर्ममा क्लिक गरेर अटो डिलिट अप्सन राखेको स्वीकनुहोस् र त्यसपछि पेजको तल्लो दायाँ भागमा रहेको कन्फर्म वा गट इट अप्सनलाई क्लिक गर्नुहोस् जसले गर्दा अटो डिलिट अप्सनलाई सुचारु गर्न सकिन्छ ।