कीवर्डहरू -

रियलमीको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक, ५ मिनेटमा ५० प्रतिशत चार्ज गर्ने

रियलमीको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक, ५ मिनेटमा ५० प्रतिशत चार्ज गर्ने

रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक  गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो ।

विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको छ ।

रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको छ ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुनेछ  । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० प्रतिशत चार्ज गर्छ ।

जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी टुके अमोल्ड फ्ल्याट डिस्प्ले सँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर,  नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।