कीवर्डहरू -

टिसीएल विश्वकै नम्बर वान एन्ड्रोइड टिभी ब्राण्ड

टिसीएल विश्वकै नम्बर वान एन्ड्रोइड टिभी ब्राण्ड

टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ।

ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्रयाकर रिपोर्टका अनुसार गत वर्ष सन् २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो ।

त्यसमध्ये ७ करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टिभीको सिपमेन्ट भएका थिए, जसको २०.७५ टिभी अर्थात १ करोड ५१ लाख वटा टिसीएलको टिभीको सिपमेन्ट भएको थियो ।

टिसीएल नेपालमा समेत चिनिएको ब्राण्ड हो । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडि,कर्भड स्मार्टका साथै गुगल टिभी पनि भित्र्याएको छ ।