कीवर्डहरू -

प्रयोगकर्ताको उमेर थाहा पाउने एआई टुलको विकास गर्दै इन्स्टाग्राम

प्रयोगकर्ताको उमेर थाहा पाउने एआई टुलको विकास गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले एआई फेस स्कयानिङ टूलको जाँच गरिरहेको छ । यसले प्रयोगकर्ताहरुको उमेर पनि भेरिफाइ गर्ने गर्दछ । यसले १३ वर्ष मुनिका इन्स्टाग्राम गर्ने बालबालिकालाई अनलाइनमा हुने उत्पीडनबाट जोगाउन मद्दत गर्नेछ ।

प्रयोगकर्ताले आईडी कार्डको फोटो प्रयोग गरेर पनि आफ्नो उमेर भेरिफाई गर्न सक्छन् । एआईले प्रयोगकर्तालाई भिडियो सेल्फी खिच्न लगाउने गर्दछ ।

यस एआईले चस्मा लगाउने प्रयोगकर्तालाई चार वर्ष कान्छो देखाएको पाइएको छ । यसमा अझै सुधार गर्न बाँकी देखिन्छ ।