कीवर्डहरू -

ओपनशीका लाखौं प्रयोगकर्ताको इमेल एड्रेस लिक

ओपनशीका लाखौं प्रयोगकर्ताको इमेल एड्रेस लिक

ओपनशीका लाखौं प्रयोगकर्ताको ईमेल एड्रेस बाहिरिएको छ । अमेरिकाको एनएफटी मार्केटप्लेस कम्पनी ओपनशी डेटा ब्रिचको शिकार बन्न पुगेको हो ।

कोही पनि ओपनशी अकाउन्ट बाहक र न्यूजलेटर सब्सक्राइबरले आफ्नो ईमेल एड्रेस सार्वजनिक भएको बुझ्नुपर्ने देखिन्छ । अरु कुनै पासवर्ड वा निजी जानकारी भनेको चोरिएको छैन् भनेर बुझ्न सकिन्छ ।

यो डेटा कस्टोमर डट आईओले डाउनलोड गरेर तेस्रो पक्षलाई दिएको पाइएको छ । कस्टोमर डट आईओ ओपनशीको ईमेल डेलिभरी भेण्डरको कर्मचारी हुन् ।

आफ्नै कर्मचारले डेटा विक्रि गरेकाले कम्पनीले यस सन्दर्भमा कारवाही गर्ने बताएको छ । कम्पनीले आफ्ना ग्राहकलाई फिशिङ मेलबाट सचेत रहन आग्रह गरेको छ ।