कीवर्डहरू -

सुरक्षाका लागि एप्पलको ‘लकडाउन मोड’ फिचर, प्रयोगकर्तालाई स्पाईवेयर आक्रमणबाट बचाउने

सुरक्षाका लागि एप्पलको ‘लकडाउन मोड’ फिचर, प्रयोगकर्तालाई स्पाईवेयर आक्रमणबाट बचाउने

एप्पलले हाई प्रोफाइल प्रयोगकर्तालाई साइबर आक्रमणबाट बचाउन लकडाउन मोड सार्वजनिक गर्ने भएको छ । यो फिचर आईओएस १६, आईप्याड ओएस १६ र म्याकओएस भेन्चुरा सार्वजनिक भएसँगै सार्वजनिक हुनेछ ।

पेगासस र अरु समूहहरुबाट हुने आक्रमण एकदमै बढ्दै गएकाले कम्पनीले यस्तो फिचर ल्याएको हो । लकडाउन मोड अन गरेमा कुनै पनि स्पाईवेयरले चाहेर डिभाइसलाई संक्रमित गर्न सक्ने छैनन् ।

यसले डिभाइसको केही फिचरहरु माथि पनि प्रतिबन्ध लगाउनेछ । उदाहरणका लागि मेसेजेजमा ईमेज बाहेकको सबै अट्याचमेन्ट ब्लक हुनेछ । त्यस्तै लिंक प्रिभ्यूहरुलाई पनि बन्द गरिनेछ ।

यो फिचरले तपाईले पहिले कल गरेको वा इन्भाईट नगरेसम्म फेसटाइम समेत गर्न दिदैन् । डिभाइस लक भएको समयमा कम्प्यूटर वा अरु एक्सेसरीसँगको वायरलेस कनेक्सन पनि बन्द हुनेछ ।

कम्पनीले आफ्नो सेक्युरिटी बाउन्टी प्रोग्रामलाई पनि विस्तार गर्ने योजना बनाएको छ । लकडाउन मोडमा समस्या फेला पारेर यस फिचरलाई अझै सुरक्षित बनाउने अन्वेषकलाई कम्पनीले २० लाख डलरसम्मको पुरस्कार पनि दिने सक्ने जनाएको छ ।