शुक्रबार, ३ भदौ, २०७९
Friday, 19 August, 2022

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको एटीएम

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्ष र आगमनमा पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्‍याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यसअघि विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा पनि एटिएम सञ्चालनमा ल्याएको थियो ।
 एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  
 

सम्बन्धित समाचार
धेरै पढिएको