कीवर्डहरू -

कुन इन्टरनेट सेवा प्रदायकका ग्राहक कति ? यस्ता छन् धेरै ग्राहक हुने १० सेवा प्रदायक 

कुन इन्टरनेट सेवा प्रदायकका ग्राहक कति ? यस्ता छन् धेरै ग्राहक हुने १० सेवा प्रदायक 

नेपाल दूरसञ्चार प्राधिकरणले हालै वैशाख महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनमा नेपालमा दूरसञ्चार सेवा प्रदायकका प्रयोगकर्ताको बारेमा जानकारी दिइदै आएको छ ।

उक्त प्रतिवेदन अनुसार २०७८ वैशाखसम्म ग्राहक संख्याका आधारमा उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायक कुन कुन छन्, त्यसको बारेमा जानकारी दिदैछौं ।

१. वर्ल्डलिंक

वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । वैशाखसम्म वर्ल्डलिंकका ६ लाख ३० हजार २९६ जना ग्राहक छन् ।

२. नेपाल टेलिकम

वैशाखको एमआईएस प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा दोस्रो नम्बरमा पर्न सफल भएको छ, नेपाल टेलिकम । वैशाखसम्म टेलिकमका २ लाख ९८ हजार ३७४ ग्राहक रहेका छन् ।

३. सुबिसु

प्रतिवेदन अनुसार धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायकको सूचीमा छ, सुबिसु केबलनेट । वैशाखसम्म सुबिसुका २ लाख २८ हजार ७९५ ग्राहक रहेका छन् ।

४. क्लासिक टेक

प्रतिवेदन अनुसार यस सूचीको चौथो नम्बरमा रहेको छ, क्लासिक टेक । वैशाखसम्म क्लासिक टेकका २ लाख २१ हजार १७ रहेका छन् ।

५. भायानेट

प्रतिवेदन अनुसार वैशाखसम्म भायानेटका २ लाख २० हजार २७० ग्राहक रहेका छन् । चैतमा १ लाख ६२ हजार ग्राहक भएको भायानेटले एक महिनामा ५८ हजार ग्राहक बढाएको छ ।

६. डिशहोम

सन् २०२० इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ । वैशाखसम्म डिशहोम फाइबरनेटका १ लाख ६ हजार ३७५ ग्राहक रहेका छन् ।

७. टेक माइन्ड्स

ग्राहक संख्याको आधारमा उत्कृष्ट ७ इन्टरनेट सेवा प्रदायकमा टेक माइन्ड्स नेटवर्क प्रालि पर्न सफल भएको छ । वैशाखसम्म टेक माइन्ड्सका ८९ हजार ११ ग्राहक रहेका छन् ।

८. वेब सर्फर

यस सूचीको आठौं नम्बरमा पर्न सफल भएको छ, वेब सर्फर नेपाल कम्युनिकेसन प्रालि । वैशाखसम्म वेब सर्फरका ग्राहक ६३ हजार ३६९ ग्राहक रहेका छन् ।

९. ब्रोडलिंक

प्रतिवेदन अनुसार ग्राहक संख्याको आधारमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि ९ नम्बरमा पर्न सफल भएको छ । वैशाखसम्म ब्रोडलिंकका ५२ हजार ३११ रहेका छन् ।

१०. सिम्पल मिडिया

यस सूचीको १० नम्बरमा पर्न सफल भएको छ, सिम्पल मिडिया नेटवर्क केबल प्रालि । वैशाखसम्म २६ हजार ८३३ ग्राहक रहेका छन् ।