कीवर्डहरू -

इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड 

इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड 

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले साउन २१ गते आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । व्यवसायिक यात्राको दुई दशकमा प्रवेश गर्दै गर्दा आज इन्फोडेभलपर्स नेपाली सफ्टवेयर उद्योगमा एउटा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड बनिसकेको छ ।

१९ वर्षअघि एउटा कोठाबाट ६० हजार रुपैयाँको लगानीमा सुरु भएको कम्पनीले अहिले लाखौं मानिसलाई डिजिटल सेवासँग जोडिरहेको छ भने ३५० बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ ।

थुप्रै असफलताबाट सिक्दै इन्फोडेभलपर्सले दुई दशकको यात्रा तय गरेको छ । नेपाली सफ्टवेयर उद्योगमा आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल भएको छ । विदेशी सफ्टवेयरहरुको दवदवा रहेको स्वदेशी प्रडक्टमाथि विश्वास दिलाउन कम्पनीको प्रयास र भूमिका उल्लेखनीय छ ।

\"\"

वार्षिक ५० करोड रूपैयाँको कारोबार गर्ने इन्फोडेभलपर्सको सेवा नेपालमा मात्र होइन् भुटान, भारत तथा अमेरिकामा पनि विस्तार भएको छ । नेपाली सफ्टवेयरको प्रयोग विदेशमा समेत हुन थालेको छ । यसले नेपाली प्रडक्ट पनि विश्वस्तरीय, गुणस्तरीय छन् र विदेशी प्रडक्टसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने देखाउँछ ।

एक वर्षमा एक अर्ब रूपैयाँको कम्पनी बनाउने आक्रमक रणनीतिक योजना बोकेर अहिले इन्फोडेभलपर्स अगाडि बढेको छ । इन्फोडेभलपर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नेपालको नम्बर वान आईटी कम्पनी बन्ने लक्ष्यसहित अगाडि बढेको बताउँछन् ।

कम्पनीले लघुवित्त तथा सहकारीका लागि कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, मर्चेन्ट बैंकिङ लगायतका सिस्टम विकास गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

\"\"

इन्फोडेभलपर्सले आफ्नो लक्ष्य पूरा गर्न दायरा पनि विस्तार गर्दैछ । ‘नयाँ प्रडक्ट र परियोजनामा आफूलाई केन्द्रित गरेर आम्दानीलाई दोहोरो गुणाले वृद्धि गर्ने योजना छ,’ सीईओ रघुवंशी खुसी हुँदै भन्छन्, ‘अबको वर्षमा नविन प्रविधि र क्षेत्रहरुमा व्यवसाय विस्तार गर्नेछौं ।’

कम्पनीले १० भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु, ५० बढी विदेशी कम्पनीहरु, १ हजार बढी सहकारी, २५ भन्दा बढी माइक्रोफाइनान्स र ४० भन्दा बढी सरकारी संघसस्थाहरुलाई प्रत्यक्षरुपमा सेवा दिइरहेको छ ।

भुटानमा ४ वटा लघुवित्त संस्थाहरुले सीबीएस सोलुसन प्रयोग गरिरहेका छन । भारतका फिनटेक संस्थाहरुको लागि सफ्टवेयर सेवा समेत उपलब्ध गराउदैछ । यसैगरी अमेरिकी संस्थाहरुको लागि एआईमा आधारित एप्लिकेसन उपलब्ध गराएको छ ।

इन्फोडेभलपर्सलाई पूर्ण डिजिटाइज गरेर अझै प्रभावकारी ढंगले अगाडि बढ्ने कम्पनीको योजना छ । त्यस्तै अबका दिनमा अनुसन्धान तथा विकासमा जोड दिने, नयाँ नयाँ प्रविधिमा लगानी गर्ने र दायरा अझै बढाउने कम्पनीको योजना छ ।