आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

स्नातकमा अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ कोर्ष पढाउँदै सनवे कलेज

सनवे कलेजले आधिकारिक रुपमा बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेको छ । यो सहकार्यसँगै सनवे कलजेले स्नातक तहमा अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ विषय पढाउने भएको छ । 

बेलायतमा आधारित रहेको डिग्रीले इन्डस्ट्रीको माग अनुसारको विद्यार्थी उत्पादन गर्न दिने कलेजको विश्वास रहेको छ ।

विश्वविद्यालयसँगको सहकार्यमा कलेजले छिट्टै बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन र बिएससी (अनर्स) कम्प्युटर एण्ड डेटा साइन्स कोर्ष सार्वजनिक गर्ने जानकारी दिएको छ । 

पछिल्लो समय नेपाल लगायत विश्वभर डेटा साइन्स र डिजिटल मार्केटिङको प्रयोग बढ्दै गइरहेको छ । यसैलाई मध्यनजर गर्दै कलेजले डेटा साइन्स र डिजिटल मार्केटिङ अध्यापन गराउने भएको हो । 

 

सम्बन्धित समाचार