कीवर्डहरू -

विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन

विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन

नेपाल विद्युत प्राधिकरणले रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । मंगलबार उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणको केन्द्रिय कार्यालयमा स्थापना भएको उक्त चार्जिङ स्टेशनको उद्घाटन गरेकी हुन् ।

देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने प्राधिकरणको योजना अनुसार उक्त चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणले अहिले ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने काम गरिरहेको छ । विद्युतीय सवारी साधनले मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सक्नेछन् ।

स्टेसनमा कार्ड वा अनलाइनबाट भुक्तानी गरिसकेपछि गाडी चार्ज गरिनेछ । भुक्तानी गरेको रकम बराबरको चार्ज भइसकेपछि उक्त सवारी साधन थप चार्ज हुँदैन ।

त्यस्तै प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेशन बनाउने जनाएको छ ।