कीवर्डहरू -

काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ईपेक्स कार्यक्रम सम्पन्न, २ हजारले जनाए सहभागिता

काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ईपेक्स कार्यक्रम सम्पन्न, २ हजारले जनाए सहभागिता

काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक रुपमा आयोजना गर्दै आएको ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट एक्जिभिजन (इपेक्स) अन्तर्गतको ह्याकाथनमा टिम आईभी ड्रिपले प्रथम स्थान हासिल गरेको छ । यस टिममा यम राज ओली, ईसा आचार्य, सागर निरौला, सुजित मान श्रेष्ठ रहेका थिए ।

विजयी टिमले स्लाईनलाई निगरानी गर्ने बारे प्रोजेक्ट प्रस्तुत गरेको थियो । त्यस्तै पहिलो रनर अपको स्थान टिम म्याट्रिक्सले लिएको थियो । यस टिममा निर्जल भुर्तेल, अनुपम कोइराला, सौभरभ राज पौडेल र प्रियादर्शन मल्ल रहेका थिए । यस टिमले मेसिन लर्निंगको प्रयोग गरेर गाईको स्वास्थय ट्रयाक गर्ने प्रणालीको विकास गरेको थियो ।

\"\"

त्यस्तै ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट एक्जिभिजन (इपेक्स) अन्तर्गतको ह्याकाथनमा क्वीकभर टिमले क्रियटिभ प्राजेक्ट अवार्ड प्राप्त गरेको थियो । क्वीकभर टिममा नसिब डाँगी, पंकज अधिकारी, उद्भव घिमिरे र बंशज पौडेल रहेका थिए । क्वीकभर प्रोजेक्ट जंगलमा हुने अवैध शिकारलाई कम गर्नका लागि निर्मित अल्र्ट मनिटरिगं प्रणाली हो । यसले आवाजकै माध्यमबाट रेन्जर अफिसमा कुनै अवैध शिकारहरु भईरहेको खण्डमा सर्तक गराईदिने काम गर्दछ । यो डिभाइसलाई फरेस्टमा राखेपछि वरिपरीको आवाजलाई डिटेक्ट गर्न सक्छ ।

इपेक्सका संयोजक सशांक दाहालको अनुसार सहभागी १२ जना टिमका सबै सहभागीहरुले उत्कृष्ट प्रस्तुती देखाएको बताएका छन् ।

\"\"

यस ह्याकाथनमा कुल १७ जना टिम सहभागी भएका थिए । यस मध्ये ५ ओटा टिम छनौटमा परेनन् र बाँकी टिम ह्याकाथनमा छनोट भएका थिए । रातभर ह्याकाथन गरेपछि दिउँसोको १ बजेतिर विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट प्रस्तुत गर्ने मौका पाएका थिए ।

\"\"

इपेक्सको प्रमुख उद्देश्य भनेको काठमाडौँ विश्वविद्यालयको ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिगं विद्यार्थीहरुले बनाएको प्रोजेक्टहरुको प्रदर्शनी गर्नु रहेको छ । यसमा करिब दुई हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो । इपेक्सको अरु कार्यक्रममा प्रोजेक्ट एक्जिभिजन, इन्साइफर नामक म्यागजिनको लञ्च, ईलेक्ट्रिकल र इलेक्ट्रोनिक्स क्षेत्रका विज्ञहरुलाई बोलाएर टक शो र राबो वार जस्ता कार्यक्रमहरु भएका थिए ।

\"\"

यो कार्यक्रम काठमाडौँ विश्वविद्यालयको मल्टि परपोज हलमा गरिएको थियो । प्रोजेक्ट एक्जिभिसनमा ईलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागको प्रथम वर्ष देखि चौथो वर्षसम्मको प्रोजेक्टहरु प्रस्तुत गरिएका थिए र कुल ४० प्रोजेक्टहरु प्रस्तुत गरिएको थियो ।

यसमा रहेका धेरै प्रोजेक्टहरु मध्य फ्ल्ड मनिटरिंग एण्ड अल्र्टींग सिस्टम, सेल्फ ब्यालेन्सिंग बोट, ड्राइभर ड्राउजीनेस डिटेक्सन, रोबोटिक आर्म राईटर र भेइकल सिमुलेटर फर ट्रोनिंग एण्ड रिह्याबिलेसन केही प्रोजेकट रहेका थिए । रोबो वारमा ७ ओटा टिमले सहभागिता जनाएका थिए ।

\"\"

यसमा रोयल जम्बल पनि गराइएको थियो । यसमा टिम बलियोले रोबो वार जितेर ८० हजार बराबारको प्राइज पुल प्राप्त थिए । यस प्रतिस्पर्धामा दोस्रो स्थान टिम जुनियरले प्राप्त गरेको थियो ।