कीवर्डहरू -

एन्ड्रोइड फोनमा हुनैपर्ने यी विजेट

एन्ड्रोइड फोनमा हुनैपर्ने यी विजेट

हामीले आफ्नो फोनको ब्याकग्राउण्ड आकर्षित बनाएर राख्न चाहन्छौँ । त्यसका लागि एक सुन्दर वालपेपर, आफूलाई मनपर्ने एपहरु र टपमा केही विजेटहरु राख्ने गर्दछौँ ।

यसैले कुनै पनि फोनको होमस्क्रीनलाई राम्रो बनाउने गर्दछ । विजेटले एपको जति काम नगरे पनि यसको आफ्नै महत्व हुने गर्दछ ।

विजेटले कुनै लिंक वा साइटका लागि सर्टकटको भूमिका निर्वाह गर्ने गर्दछ । आज हामी तपाईले यो लेख पढ्ने बित्तिकै तुरुन्तै गएर आफ्नो होम स्क्रीनमा जोडनुपर्ने केही गूगल एपका विजेटहरुको बारेमा जानकारी दिदैछौँ ।

गूगल किपको क्वीक क्याप्चर

यदि तपाईलाई आफ्नो एन्ड्रोइड डिभाइसमा नोट लेखिरहने बानी छ भने क्वीक क्याप्चर विजेट तपाईकै लागि बनेको छ । यस विजेटको प्रयोगले तपाईले एपमा नगईकनै कुन खालको नोट छान्ने भनेर सेलेक्ट गर्न सक्नु हुनेछ । यो विजेटले प्रयोगकर्ताहरुलाई पाँच ओटा बेग्लाबेग्लै प्रकारको नोटहरुबाट छान्न दिने गर्दछ ।

नोटमा टेक्स्ट नोट,लिस्ट, अडियो नोट, ड्रयिङ्ग र फोटो नोट रहेका छन् । डिफल्ट रुपमानै यस विजेटको होम स्क्रनिमा ३X२ को टाइल हुने गर्दछ जसले २X१, ३X१, ४X१ मा पनि आफूखुशी रिसाईज गर्न सकिन्छ ।

गूगल म्यापको क्युक्लिी फाइण्ड प्लेसेज विड्जेट

गूगल म्यापको विजेटले छिटो नजिकैको ठाउँ खोज्न र लोकेशन सेयर गर्नलाई मद्दत पुर्याउने गर्दछ । यसले होम, रेष्टुरेन्ट,कफी, होटेल ठाउँहरुको जस्ता सजिलै लोकेसन खोज्नलाई सहयोग गर्छ ।

डिफल्ट रुपमानै यस विजेटले होम स्क्रीनमा ३X२ को टाइल प्रयोग गर्ने गर्दछ । यसलाई २X२ र ४X२ मा पनि आफूखुसी रिसाईज गर्न सकिन्छ । यसले कम्तीमा नि चार ओटा र बढिमा नौओटा सुझाव दिने गर्दछ ।

गूगल म्यापकै सेयर लोकेशन विड्जेट मार्फत वास्तविक समयमा आफ्नो घरपरिवारसँग लोकेसन सेयर गर्न सकिन्छ । यसका लागि विड्जेटमा थिचेर कहिले सम्मका लागि लोकेसन सेयर गर्ने भन्ने टाइमर राखी मेन्युमा प्रदान गरिएको मेसेजिङ एप मार्फत लिकं सेयर गर्न सकिन्छ । यस विड्जेटले १X१ को टाइल मात्रै लिने गर्दछ ।

गूगल क्लकको वर्ल्ड

गूगल क्लकको वर्ल्ड विजेट साधारण रुपको वर्ल्ड क्लक मात्रै हो । अरु घडीको विजेटहरु सानो भइरहँदा गूगल क्लकको वर्ल्ड विजेटले ३२ ओटासम्म सहर एड गर्न दिने गर्दछ ।

यो फिचर सधैँ चाहिने नहुन सक्छ त्यही पनि आफ्नो कोही आफन्त बाहिर छन् वा विदेशका क्लायन्टहरुसँग बैठक बसिरहनुपर्ने छ भने यो विड्जेट उपयोगी हुनसक्छ । डिफल्ट रुपमै यस विजेटले होम स्क्रीनमा ४X२ को टाइल लिने गर्दछ तर आफूले रिसाइज गर्न पनि पाइन्छ ।

गूगल न्यूज विजेट

गूगल न्यूज विजेट धेरैले नयाँ के भईरहेको छ भनेर बुझ्नका लागि प्रयोग गर्ने गर्दछन् । हरेक समय हेडलाइन पढेर अपडेट लिईरहने व्यक्तिमा तपाई पर्नुहुन्छ भने यो विजेटले तपाईलाई धेरै सजिलो बनाउनेछ ।

तपाईलाई कस्तो कन्टेन्ट मनपर्छ भन्ने आधारमा गूगलले रिकमेनडेसन दिने गर्दछ । यस विड्जेटमा बिल्ट इन वेदर टूल पनि रहेको छ जसले तापक्रम बताउने गर्दछ । यसमा दिएको हेडलाइन थिचेर पूरै स्टोरी पनि पढ्न पाइन्छ ।

गूगल डक्स, सिट्स र स्लाइड्स विजेट

तपाईले यदि धेरै गूगल वर्कस्पेस प्रडक्टहरु प्रयोग गर्नुहुन्छ जसमा दैनिक प्रयोगमा गूगल डक्स, सिट्स र स्लाइड्स पर्छ भने यी एपहरुको आआफ्नो विडजेट हुने गर्दछन् ।

हरेक विड्जेटले १X१ टाइल मात्रै लिने गर्दछ र यसले तवाईलाई नयाँ डक्युमेन्ट, स्प्रेडसीट वा प्रेजेन्टेशन चाँडै बनाउनलाई सहयोग गर्छ ।

गूगल ड्राइभको क्वीक एक्सन

गूगल ड्राइभको क्वीक एक्सन विड्जेट प्रयोग गरेर गूगल ड्राइभमा फइललाई सर्च, अपलोड, स्कयान गर्न सकिन्छ । यसले ३ १ टाइल लिने गर्दछ जसलाई २X१, ३X२ र ४X१ मा पनि आफूखुशी रिसाईज गर्न सकिन्छ । यसमा पाँच ओटा बटन हुने गर्दछ, जसले केही टास्कहरका लागि सर्टकट प्रदान गर्ने गर्दछ ।

कसरी राख्ने विजेट ?

आफ्नो स्क्रीनमा विजेट एड गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ । सर्वप्रथम आफ्नो फोनको होमस्क्रीनको कुनै पनि खाली ठाउँमा एक छिन थिचिरहनु होस् । त्यसपछि विजेटमा क्लिक गर्नुहोस् ।

अब आफूलाई चाहिएको विजेटमा क्लिक गरेर विजेट एड गर्नुपर्छ । अब ड्रयाग गरेर बाँकीको स्पेसमा ड्रप गर्नुपर्छ । यसरी विजेट एड हुन्छ ।