कीवर्डहरू -

डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्तर्गत ग्राहकहरुले मात्र रु ४१ हजार ७३९ मा ४३ इन्चको डीएचआई स्मार्ट टिभी, फाइभजी डुअल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन पाउन सकिने छ ।

साथै डिशहोम आई टिभीको एक बर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् । डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रहरुमा फैलिदैँ ग्राहकहरुको मन जितीरहेको छ ।

त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, आईटिभीमा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् ।

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट डिएचआई स्मार्ट टिभीमा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्नेछन् ।

परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि डिएचआई स्मार्ट टिभी सहित यो योजना ल्याएको हो ।