कीवर्डहरू -

‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित

‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित

नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ। खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा संचालनलाई ISO 27001:2013 प्रमाणिकरण गरेको हो ।

यस प्रमाणिकरण प्राप्त भएसंगै अब खल्ती अझै पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ । ISO 27001 : 2013 एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो ।

यसले निजि तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ, कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दछ।

खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लङ्घनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने वाचा गरेको छ ।

यस प्रमाणिकरण बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले आईएसओ 27001:2013 द्वारा प्रमाणित भएसंगै खल्तीको सेवा र डाटा सुरक्षा प्रतिको प्रतिबद्धलाई अझै प्राथमिकता दिने बताए ।