कीवर्डहरू -

आईटी कम्पनी अल्ट्राबाइट ९ औं वर्षमा प्रवेश, नयाँ प्रविधिको विकास गर्ने योजना

आईटी कम्पनी अल्ट्राबाइट ९ औं वर्षमा प्रवेश, नयाँ प्रविधिको विकास गर्ने योजना

सूचना प्रविधि कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा‍लि‍ ९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले एक कार्यक्रमको बीच आफ्नो वार्षिकोत्सव मनाएको हो ।

सन् २०१४ मा १ जना कर्मचारी र एक लाख ५० हजार पुँजीबाट सुरु भएको कम्पनीमा हाल करिब ३० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

कम्पनीले नेपालका करिब ५ सय वटा व्यावसायीक संस्थाहरुको वेबसाइट, सफ्टवेयर तथा विभिन्न  एपहरु निर्माण गरिसकेको छ ।

कम्पनीमा विभिन्न शैक्षिक परार्मश दाता, ट्राभल एण्ड ट्रेकिङ कम्पनी, हाईड्रो पावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुको काम गर्दै आएको छ ।

आगामी दिनहरुमा सूचना तथा प्रविधिको क्षेत्रमा नयाँ प्रविधिको विकास गरी कम्पनीलाई स्थापित गराउने योजना रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमर भट्टराई बताए । कम्पनीले व्यापार, विद्यार्थी र साहित्य क्षेत्रलाई समेटेर नयाँ योजनाका साथ काम गरिरहेको उनको भनाई छ ।