कीवर्डहरू -

इन्स्टाग्राममा भएको बगका कारण एप चलाउन नपाएको प्रयोगकर्ताको गुनासो 

इन्स्टाग्राममा भएको बगका कारण एप चलाउन नपाएको प्रयोगकर्ताको गुनासो 

इन्स्टाग्राममा रहेको बगले गर्दा केही प्रयोगकर्ताहरुले एप चलाउन नपाएको गुनासो गरेका छन् । यो बगले एप केही समयमै क्रयास हुने गरेको छ ।

यसबारेमा थुप्रै प्रयोगकर्ताहरुले ट्वीटरमा आफ्नो गुनासोे पनि पोखेका थिए । कम्पनीले यो समस्याको बारेमा थाहा पाउने बित्तिकै समस्यालाई समाधान गरेको थियो । त्यो समय धेरैका लागि एप लोड हुन एकदमै समय लागिरहेको थियो ।

प्रयोगकर्ताहरुले रिल र डिएम पनि धेरै समयसम्म चलाउन पाएका थिएनन् । विश्वव्यापी रुपमै यो समस्या सिर्जना भएको थियो ।