कीवर्डहरू -

टिकटककोजस्तै भ्वाइसओभर न्यारेसन फिचर युट्युब सर्ट्समा पनि सार्वजनिक 

टिकटककोजस्तै भ्वाइसओभर न्यारेसन फिचर युट्युब सर्ट्समा पनि सार्वजनिक 

युट्युब सर्ट्सले टिकटकको भ्वाइसओभर न्यारेसन फिचरलाई पनि कपि गरेको छ । अब युट्युबमा पनि टिकटककै जस्तै केही कुरा विस्तृत रुपमा बताउनका लागि भ्वाइसओभर न्यारेसन फिचर आउने भएको छ । यसले भिडियोको माथि पनि कमेन्टरी राख्न दिन्छ ।

यस भन्दा पहिले पनि टिकटकले इन्स्टाग्रामको थुप्रै फिचरहरु आफ्नो बनाएर सार्वजनिक गरेको थियो । हालमा धेरै टेक कम्पनीहरुले नयाँ आएको र इनोभेटिभ आईडियाहरुलाई आफ्नो बनाएर प्रयोग गर्ने चलन देखिन थालेको छ । फेसबुक र इन्स्टाग्रामले पनि यही गर्ने गरेका छन् ।