कीवर्डहरू -

आइएमई दसैँ अफर ; चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर ; चौथो हप्ताको नतिजा घोषणा

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । विजेताले जनही रू. २५,०००÷– (पचिच्स हजार) प्राप्त गर्ने छन् ।

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।