कीवर्डहरू -

समयमै बिल तिर्न सघाउने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर, कसरी गर्ने प्रयोग ? 

समयमै बिल तिर्न सघाउने इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर, कसरी गर्ने प्रयोग ? 

इसेवाको ‘सेड्युल पेमेन्ट’ फिचर सार्वजनिक भएको छ । यो फिचरबाट अब आफुले सेड्युल गरेको समयमा बिल भुक्तानी गर्न सकिने छ ।

धेरै मानिसहरू विद्युत, खानेपानी, इन्टरनेट लगायतको बिल समयमै तिर्न बिर्सिरहेका हुन्छन् र बिर्सिदा जरिवाना समेत तिर्नुपर्ने हुन्छ । त्यस्तो समस्यालाई कम गर्न यो फिचर उपयोगी हुने इसेवाको विश्वास छ ।

इसेवाको सेड्युल सुविधाबाट बिल तिर्ने समय सेड्युल गरेपछि इसेवाले स्वत रूपमा बिल तिरिदिनेछ । साथै सेड्युल समय आवश्यकता अनुसार परिमार्जन गर्न समेत सकिने छ ।

सेड्युल दैनिक, साप्ताहिक, मासिक र त्रैमासिकका लागि गर्न सकिने जनाइएको छ । पेमेन्ट सेड्युअल गर्न सुरूमा इसेवा एप खोल्नुहोस् । त्यसपछि माई पेमेन्ट अप्सनमा जानुहोस् ।

यति गरेपछि एड पेमेन्ट अप्सन देखिने छ । त्यसमा क्लिक गर्नुहोस् र कुन सेवा सेड्युल पेमेन्ट गर्नुपर्ने हो, त्यो छनोट गर्नुहोस् । त्यसपछि त्यहाँ आवश्यकता अनुसार पेमेन्ट सेड्युल गर्न र रिमाइन्डर सेट गर्न सकिने छ । यति गरेपछि सेभ पेमेन्ट अप्सनमा थिच्नुहोस् ।

अहिले इसेवाले टपअप, क्रेडिट कार्ड, खानेपानी, विद्युत, वर्ल्डलिंक, डिशहोम, भायानेट र मेरो टिभीमा सेड्युल पेमेन्ट फिचर सुरू गरेको छ ।