कीवर्डहरू -

दशैंको बिदामा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने

दशैंको बिदामा पनि नेपाल लाइफको कल सेन्टर संचालन हुने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर खुला राख्ने भएको हो ।

कल सेन्टर विदाको अवधि (दशैंको टीकाको दिन बाहेक) हरेक दिन बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्स एप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा राख्ने सक्ने छन् ।