कीवर्डहरू -

३२ बिट र ६४ बिट प्रोसेरमा के फरक छ ?

३२ बिट र ६४ बिट प्रोसेरमा के फरक छ ?

कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्युटरको कामलाई असर गर्दैन । तर यसले कुन प्रकारको सफ्टवेयर प्रयोग गर्ने भनेर पनि आदेश दिन सक्छ ।

३२ बिट – सन् १९९० सम्म ३२ बिट प्रोसेसर सबै कम्प्युटरम मुख्य रुपमा प्रयोग हुन्थ्यो । इन्टेल पन्टीएम प्रोसेसर, एएमडी प्रोसेसर सबै ३२ बिटका लागी थिए । अपरेटिङ सिस्टम तथा सफ्टवेयर पनि ३२ बिटका लागि मात्र धेरै प्रयोग हुन्थे । विन्डोज ९५, विन्डोज ९८, विन्डोज एक्सपी सबै ३२ मा उपलब्ध थिए ।

६४ बिट – जब आइबिएमले ७०३० स्ट्रेच सुपर कम्प्युटर निर्माण गर्यो तब यसको उत्पति सन् १९६१ मा भएको हो । सन् २००० सम्म घरमा प्रयोग गरिने कम्प्युटरमा ६३ बिट प्रोसेसर प्रयोग गरिएको थिएन ।

जब माइक्रोसफ्टले विन्डोज एक्सपीको ६४ बिट भर्जन सार्वजनिक गर्यो, त्यसपछी मात्र यसको प्रयोग हुन थालेको हो । विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज ८ र विन्डोज टेन सबै ६४ बिट प्रोसेसरमा उपलब्ध छन् ।

\"\"

३२ बिट र ६४ बिट प्रोसेरमा के फरक छ ?

यिनीहरु बिच सबैभन्दा ठुलो भिन्नता भनेको काम गर्दा प्रति सेकेण्डको हिसाबले गणना गर्न सक्ने सङख्या हो । जसले छिटो काम पुरा गर्नको लागि असर गर्दछ ।

६४ बिट प्रोसेसर डुअल कोर, क्वाड कोर, सिक्स कोर र एट कोरमा  उपलब्ध हुन्छ । धेरै कोर भयो भने काम गर्दा प्रति सेकेण्ड गणना गर्ने सङख्या वृद्घि गर्न अनुमति दिन्छ ।

जसले गर्दा प्रोसेरको शक्ती वृद्घि हुन्छ र कम्प्युटर पनि फास्ट हुन्छ । धेरै कोर भएको ६४ बिट प्रोसेसरले छिटो तथा दक्षताका साथ सफ्टवेयर प्रोग्रामको लागि धेरै गणना गर्ने काम गर्न सक्छ । ३२ बिट र ६४ बिटमा अर्को भिन्नता भनेको र्याम हो ।

३२ बिटले अधिकतमा ४ जीबी र्याम सपोर्ट गर्छ । भने ६४ बिटले सैदान्तिक रुपमा १८ एक्सबाइट सम्म सपोर्ट गर्छ, भनिएको छ तर प्रयोगात्मको रुपले हेर्दा आठ टेराबाइट र्यामलाई सपोर्ट गरेको छ ।

सफ्टवेयर, ग्राफिक डिजाइन, भिडियो इडिटिङ, गेमिङ तथा अन्य र्यामको लागि बढि र्यामको आवश्यकता पर्दछ ।

थ्रिडी ग्राफिक तथा गेमिङको लागि ६४ प्रोसेसरनै आवश्यक पर्दछ । ६४ बिट अहिले प्राय घरमा भएका सबै कम्प्युटरमा प्रयोग भएको देखिन्छ । यो सामान्य जस्तो भैइसकेको छ ।