कीवर्डहरू -

एमालेको घोषणाः विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने, तारहरू भूमिगत गर्ने

एमालेको घोषणाः विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने, तारहरू भूमिगत गर्ने

नेकपा एमालेले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आउँदो चुनावपछि आफ्नो नेतृत्वमा सरकार बने एमालले सबै यातायातमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने घोषणा गरेको हो ।

यसका साथै सार्वजनिक यातामा व्यवस्थापनमा डिजिटल प्रणाली पनि लागु गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । २ वर्षमा सबै नेपालीको बैंक खाता हुने समेत एमालेले जनाएको छ ।

एमालेले प्रमुख शहरको सौन्दर्यका लागि विद्युत लाइन, टेलिफोन लाइन, खानेपानीका पाइप, दूरसञ्चार सेवा, केबल टिभीका तारहरू आदि भूमिगत गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । सूचना प्रविधिका माध्यमबाट चुहावट नियन्त्रण र समयमा नै तीनको मर्मत सम्भार गरिने छ ।

त्यस्तै उद्यमशीलतामा जोडिन चाहने नागरिकलाई सहुलितपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने एमालेको घोषणा छ । त्यसैगरी वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने बताइएको छ ।