कीवर्डहरू -

आफ्नो स्मार्टफोनको कुनै पनि एपलाई कसरी हाइड गर्ने ?

आफ्नो स्मार्टफोनको कुनै पनि एपलाई कसरी हाइड गर्ने ?

सबैको फोनमा धेरै पर्सनल डेटा भएको एप हुने गर्दछ । तपाईले ती एपमा सेक्योर लक प्रयोग गर्नुभएको छ भने पनि अनलक गर्न सफल भएमा तपाईको निजी जानकारी कसैले हेरिदिन सक्छ ।

यस्तो किसिमको अवस्थाबाट बाँच्नका लागि तपाईले आफ्नो फोनमा एपलाई लुकाउन पनि सक्नुहुनेछ । कुनै एपलाई लुकाउने तरिकामा अनइन्स्टल गर्ने वा डिसेबल गर्ने मात्रै नभएर हाईड गर्ने अप्सन पनि हुन्छ ।

आज हामी तपाईलाई आफ्नो स्मार्टफोनका कुनै महत्वपूर्ण एपलाई अरुको नजरबाट कसरी बचाउँने भनेर जानकारी दिदैछौँ ।

यसका लागि सर्वप्रथम स्मार्टफोनको सेटिंगमा जानुपर्ने हुन्छ । अब स्क्रोल गर्दै गएर प्राईभेसी ट्याबमा जानुपर्ने हुन्छ । अब प्राईभेसी प्रोटेक्सन ट्याब अन्र्तगत हाइड एप अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यति गरेपछि अर्काे स्क्रीनमा प्राईभेसी पासवर्ड हाल्नुपर्ने हुन्छ ।

यहाँ तपाईले विभिन्न एपको सूची देख्न सक्नुहुनेछ र यसबाट आफूलाई लुकाउन मनलागेको एपलाई छान्नुपर्ने हुन्छ र टगल अन गर्नुपर्ने हुन्छ । अब डिन एपका लागि पासकोड राख्नुपर्ने हुन्छ ।

यो पासकोड ह्यासट्यागबाट सुरु र अन्त्य भएको हुनुपर्ने हुन्छ । यही पासकोडले तपाईको फोनको हिड्डन एपहरुलाई हेर्न दिन्छ । यति गरेपछि तपाईले छनोट गरेको एप हराउने गर्दछ ।

एपलाई चलाउनु पर्दा लुकेको एपलाई तपाईले फोनको डायल प्याडमा पासकोड हालेर प्राप्त गर्न सक्नुहुनेछ । पासकोड हालेपछि लुकाइर्एको एप आफै चल्ने गर्दछ । तपाईले फोनमा एप छैन् जस्तो देखाउनका लागि एपको नोटिफिकेसन पनि अफ गर्न सक्नुहुनेछ ।