कीवर्डहरू -

कसरी प्रयोग गर्ने ह्वाट्सएपको कम्प्यानियन मोड ?

कसरी प्रयोग गर्ने ह्वाट्सएपको कम्प्यानियन मोड ?

अब केही समयपछि एउटै ह्वाट्सएप अकाउन्ट विभिन्न डिभाइसहरुमा लग इन गर्न सकिने भएको छ । चाँडै एउटै ह्वाट्सएप अकाउन्ट एकै पटक पाँच ओटा डिभाइससम्ममा लगइन गर्न सकिनेछ ।

यसलाई ह्वाट्सएपको कम्प्यानियन मोड भनिन्छ । यो फिचरमा ह्वाट्सएपमा लामो समयदेखि काम गरिरहेको थियो । कम्प्यानियन मोड पहिले देखिनै पिसीहरुका लागि उपलब्ध रहेको थियो ।

अब भने फोनका लागि पनि यो मोड उपलब्ध हुने भएको छ । यो मोडलाई लिंक विथ योर फोन फिचर पनि भनिन्छ ।
यसले तपाईको सेकेण्डरी डिभाइसहरुमा ह्वाट्सएप लग इन गरेर प्रयोग गर्न दिन्छ । यो फिचर अहिलेका लागि बेटा परिक्षण भईरहेको छ । फिचर प्रयोग गर्नका लागि निम्न विधि प्रयोग गर्नुहोस् ।

यसका लागि सर्वप्रथम आफ्नो प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप खोल्नुपर्ने हुन्छ । यसपछि माथिल्लो बायाँ भागमा रहेको तीन थोप्ला भएको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यति गरेपछि लिंक्ड डिभाइस अप्सन सेलेक्ट गर्नुपर्ने हुन्छ ।

यसपछि लिकं अ डिभाइस बटन क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईको मोबाइल स्क्रीनमा क्युआर कोड देखाउने गर्दछ ।

अब तपाईको अरु डिभाइसमा गर्नुपर्ने प्रक्रिया

यसका लागि सर्वप्रथम आफ्नो स्मार्टफोनमा ह्वाट्सएपको बेटा भर्सन डाउनलोड गर्नुपर्ने हुन्छ । अब लगइन पेजमा तीन ओटा थोप्ला भएको मेन्यु आइकनमा थिच्नुपर्छ ।

अब लिंक अ डिभाइस सेलेक्ट गर्नुपर्ने हुन्छ । अब प्राथमिक डिभाइसमा भएको क्युआर कोडलाई स्कयान गरेर अरु डिभाइसमा पनि एउटै अकाउन्ट चलाउन सकिन्छ ।