कीवर्डहरू -

दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह

दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम, सचेत रहन कम्पनीको आग्रह

दराजले पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै ह्वाट्सएपमा म्यासेज आए सचेत हुन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै दराजमा पार्टटाइम अनलाइन रोजगारीको अवसर भन्दै स्क्याम हुन थालेको दराजले जानकारी दिएको छ ।

‘नमस्ते, म दराजको भर्ती प्रबन्धक हुँ । हामी हाल पार्टटाइम अनलाइन कर्मचारीको भर्ती गर्दैछौं’ भन्ने म्यासेज आए त्यस्ता म्यासेजबाट सचेत रहन दराजले अनुरोध गरेको छ । ह्वाट्सएपमा उक्त म्यासेज दराजले नगरेको समेत स्पष्ट पारेको छ ।

दराजको नाम र लोगो प्रयोग गरेर रोजगारीको खोजिमा रहेका व्यक्तिलाई ट्रयापमा पारी व्यक्तिगत जानकारी चोर्न खोजिएको दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन् ।

‘दराजले ह्वाट्सएपमा यस्तो खालको म्यासेज पठाएको छैन् । त्यसमा कुनै पनि आफ्नो जानकारी नदिनुहोला,’ उनी भन्छिन्, ‘यदि त्यस्तो म्यासेज आएको खण्डमा दराजलाई रिपोर्ट गर्नुहोला । हामी स्क्यामरको विरूद्ध उचित कदम अगाडि बढाउने छौं ।’

यदी तपाईलाई पनि ह्वाट्सएपमा दराजमा अनलाइन रोजगारीको प्रलोभन देखाउने म्यासेज आए [email protected] मा रिपोर्ट गर्न सकिने छ ।