कीवर्डहरू -

टिकटकको डेटा व्यवस्थापनबारे अनुसन्धान गर्दै यूरोपेली यूनियन

टिकटकको डेटा व्यवस्थापनबारे अनुसन्धान गर्दै यूरोपेली यूनियन

टिकटकले कसरी डेटालाई व्यवस्थित गरिरहेको छ भनेर यूरोपेली यूनियन (इयू)ले विभिन्न अनुसन्धानहरु गरिरहेको पत्ता लागेको छ । यूरोपेली यूनियनले यूरोपको जनताहरूको डेटा चीन पठाईरहेको शंका लागेका कारण अनुसन्धान गरिरहेको हो ।

इयूले टिकटकले नाबालिकहरुलाई लक्षित गरेर विभिन्न विज्ञापनहरु गरिरहेको पनि आशंका गरेको छ र यस बारे पनि अध्ययन भईरहेको छ ।

अनुसन्धानकर्ताहरुको अनुसार टिकटकले कम्तिमा पनि सामान्य डेटा संरक्षण नियमन आवश्यकताहरू पूरा गरेको हुनुपर्ने ईयूको भनाई छ ।

पहिले देखिनै टिकटकले डेटा व्यवस्थापन बारे पटकपटक आलोचनामा पर्ने गरेको छ । अमेरिकामा पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धी प्रश्न उठाएपछि अहिले टिकटकले अमेरिकाी प्रयोगकर्ताको यूजर डेटा त्यहीको ओराकल डेटा सेन्टरमा राखेको छ ।