कीवर्डहरू -

साओमीको टिभी खरिद गर्दा स्मार्ट एयर फ्रायरदेखि ईलेक्ट्रिक टुथब्रशसम्म जित्ने मौका

साओमीको टिभी खरिद गर्दा स्मार्ट एयर फ्रायरदेखि ईलेक्ट्रिक टुथब्रशसम्म जित्ने मौका

नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडी टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ७५ इन्चको मी क्युएलइडी टेलिभिजन जित्ने मौका पाउनेछन् ।

त्यस्तै, अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् ।

लक्की ड्रमा सहभागी हुनको लागि टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस गर्नुपर्ने कम्पनीले जानकारी दिएको । यो अफर मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म लागू हुनेछ ।