कीवर्डहरू -

हल्ला भएपनि स्पोटिफाईको एन्कर एपमा अब उच्च गुणस्तरीय पोडकास्ट रेकर्ड गर्न सकिने

हल्ला भएपनि स्पोटिफाईको एन्कर एपमा अब उच्च गुणस्तरीय पोडकास्ट रेकर्ड गर्न सकिने

स्पोटीफाईले पोडकास्ट क्रियटरहरुका लागि वान क्लिक अडियो इन्ह्यान्समेन्ट फिचर ल्याएको छ । यस फिचरसँगै स्पोटीफाईले अब महंगो माइक नकिनेर हल्ला भएको ठाउँमा पनि क्लियर आवाज सुन्न सकिने छ ।

अडियो इन्ह्यान्समेन्ट फिचरले निःशुल्क राम्रो गुणस्तरमा पोडकास्ट रेकर्ड गर्ने मौका दिने बताइएको छ । यो फिचर स्पोटीफाईको एन्कर एपमा उपलब्ध भएको छ ।

यस फिचरले गर्दा तपाईको बोलेको आवाज मात्रै प्रष्ट सुनिने छ र ब्याकग्राउण्डको सबै आवाज हराएर जान्ने छ । यो भएपछि कुकुर भुकेको, चरा चिरबिर गरेको वा बच्चा रोएको बेला तपाईले पोडकास्ट एपिसोड बिचमा रोक्नुपर्दैन् ।

कम्पनीले पोडकास्टलाई सबैले सहजै चलाउन सक्ने गरी काम गरिरहेको छ । पोडकास्टका लागि चाहिने माइक धेरै महंगो हुने गर्दछ । यस फिचरले माइक किनिरहने झनझट बाट मुक्त गर्ने आशा गरिएको छ ।