कीवर्डहरू -

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन एस् इग्नाइट सम्पन्न

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन एस् इग्नाइट सम्पन्न

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आयोजना गरेको ४८ घन्टे ह्याकथन ‘एस् इग्नाइट’ सम्पन्न गरेको छ ।

कलेजकै प्राङ्गणमा सम्पन्न भएको यस ह्याकथन यस प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकको दावी छ ।

ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागीहरू भएका यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरुको सहयोग गरेका थिए ।

इभेन्ट लिड प्रज्वल श्रेष्ठले विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता समस्या समाधान गर्न उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउने बताए ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले युवाहरूका लागि युवाहरूले नै आयोजना गरेको ह्याकाथनमा सहभागि हुन पाउँदा खुशी बताए ।

एस् इग्नाइट ह्याकाथनमा टिम यारस प्रथम भएको छ । टिममा युनिका बज्राचार्य, अनुज छेत्री, अश्मित रजौरे, रुजल आचार्य र सुबन श्रेष्ठ रहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा टिम पीएनपी रहेको छ, जसमा वंशज पौडेल, नदिका पौडेल, क्रिश्बिन पौडेल र महिमा ढकाल रहेका छन् ।

त्यस्तै तेस्रो स्थानमा टिम टेली टबिज पर्न सफल भएको छ । यसमा सुगम पौड्याल, रोशिश श्रेष्ठ, सिमोन प्रधानाङ्ग, समिर श्रेष्ठ र आयुश राज पाण्डे छन् ।